बिगेसोको महाधिवेशन सम्पन्न, नयाँ नेतृत्वमा पदम लिम्बू

छिरिङ शेर्पा / एचकेनेपाल डट कम –
आसफोर्ड । यही २९ सेप्टेम्वरका दिन ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संघ बिगेसोको दोश्रो राष्ट्रिय महाधिवेशन संस्थाका सभापति सन्तोष थलङको अध्यक्षतामा सम्पन्न भयो।

आशफोर्डको सेन्टरपिस चर्चमा भएको उक्त भेलाको पहिलो सत्रमा महासचिव डा. रामनारायण कन्दङवाले संस्थाको सांगठानिक र कोषाध्यक्ष देवी तुम्वाहाम्फेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

दोस्रो सत्रमा महासचिवको प्रतिवेदनउपर गम्भीर छलफल भयो । संस्थागत निर्णयविना गोर्खा सत्याग्रहमा सहभागी भएको तथा नेतृत्वमा देखिएका वैचारिक र नीतिगत विचलनका कारण संस्थाको उद्देश्य अनुसार ठोस कार्यहरु गर्न नसकेकोमा सहभागीहरुले नेतृत्वप्रति तिब्र आक्रोस पोखेका थिए।

भूपू ब्रिटिश गोर्खाहरुको समानताको आन्दोलन पूरा गर्न ठोस रणनीति तजुर्मा गरी सबै गोर्खाहरु एकीकृत भएर मात्र सम्भव हुने र त्यसका लागि नयाँ नेतृत्व मौका दिनुपर्ने सहभागीहरुको आम धारण आएपछि पद्मसुन्दर लिम्बूलाई सर्वसंवतले सभापतिमा नयाँ नेतृत्वको चयन गरियो।

ले. नरेन्द्रराज काम्वाङ , दिलकुमार सम्वाहाम्फे र रविन्द्र तुम्वाहाम्फे उपसभापति, छिरिङ शेर्पा महासचिव, नरबहादुर मेन्याङवो उपमहासचिव, शहरमान यक्सो कोषाध्यष र प्रेमदोर्जी शेर्पा सकोषाध्यक्षमा चयन भएकाछन्। धन लिम्बू संस्थाको प्रवक्ता र उत्तम राई विदेश विभागमा रहेकाछन् । ५ महिलासहित अन्य विभिन्न क्षेत्रहरुवाट सदस्यीय कार्यसमिति गठन गरियो। कार्य समितिका अन्य सदस्यहरुमा पदमसुन्दर राई, शशी शुब्बा थापा, पूर्ण गुरुङ, काजीमान गुरङ, खड्कजंग आङवुहाङ, दुर्गा पाङ्मा, निमर्ल पतंगवा, डम्वर लिवांग, अञ्जना राई, गौबहादुर गुरुङ, कल्पना आङवुहाङ, शरणकुमार पंधाक, बलबहादुर लिम्बू, मुक्ति लिम्बू, निरकुमार राई, मानबहादुर लिम्बू, नरेन्द्र मावो, खेम गुरुङ, महानन्द चङवाङ लिम्बूलाई चयन गरियो।

संस्थाका प्रवक्ता तथा महाधिवेशन सदस्य ले. नरेन्द्रराज काम्वाङद्धारा प्रस्तुत ८ वुँदे कार्यपत्रलाई सर्वसंवतले पारित गरियो । कार्यपत्रमा बेलायतदेखि नेपालसम्मका आन्दोलनरत गोर्खाजन्य संघसंस्था, एनआरएन, जातीय तथा क्षेत्रीय संघसंस्था, राजनीतिक पार्टी, मानवअधिार संघसंस्था, वुद्धिजीवी, कानुनविद्, पत्रकार, नागरिक समाजलाई गोर्खाहरुका न्यायोचित आन्दोलनमा सहभागी गराउन आह्वान गर्दै दुई मुलुकको सरकारलाई कुटनीतिक दबाव दिने कार्यक्रमहरु छन् । प्राप्त उपलब्धीहरुको रक्षा गर्दै विगतका कमिकमजोरीप्रति समिक्षा गर्दै अवको आन्दोलन संझौताविहिन हुनुका साथै सँधैका लागि स्थायीरुपमा समस्या सामधान गर्ने लक्षमा केन्द्रीत हुने प्रवक्ता काम्वाङले स्पष्ट पारे।

संस्थाका अभियान संयोजकको भूमिका निभाइ सकेका नवनिर्वाचित सभापति लिम्बूले पहिलेको जस्तो हलुका तवरले चल्दा गोर्खा आन्दोलले पार नपाउने नहुने विचार राख्दै, अव सबै तह तप्काका सदस्यहरु जिम्म्मेवारीपूर्वक आफ्ना कार्यहरु सम्पादन गर्नुपर्ने जोड दिए। सभामा संस्थाका उपाध्यक्ष कृष्णबहादुर राई, एनआरएन युकेका उपाध्यक्ष सुर्यकुमार नेम्वाङ, केन्द्रीय सदस्य टक गुरुङ, धन लिम्बू, नागरिक समाजका दिल सम्वाहाम्फे, संघीय समाजवादी पाटीका उपाध्यक्ष राजेन्द्र खिम्दिङ, निरकुमार राई, केवासीका केन्द्रीय अध्यक्ष काजीमान यक्सो आदि विभिन्न संघसंस्थाहरुका प्रतिनिधिहरुले गोर्खा आन्दोलनप्रति ऐक्यवद्धता जाहेर गरेका थिए अधिवेशनका प्रमुख अथिति पूर्ण लक्समले संस्थाको नीति तथा कार्यक्रमको सफलताको कामना गर्नु भएको थियो।





Comments

comments

3101