Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भ्युअर च्वाइससहित लम्जुङकी सन्ध्यालाई मिस तमुस्योको उपाधि

भुपाल तमु / एचकेनेपाल डट कम –
पोखरा, १४ मंसिर। तमु जातिको भाषा, संस्कार, संस्कृति जगेर्ना गर्ने उदेश्यले नेपाल तमु विद्यार्थी छोँज धीं कास्कीले आयोजना गरेको मिस तमुस्यो नेपाल २०१४ को उपाधि लम्जुङ्ग पासगाँऊकी सन्ध्या तमुस्योले जितेकी छिन्।

देशभरबाट छनोट चरणमा परेका १७ प्रतियोगीलाई पछि पार्दै उपाधि जितेकी सन्ध्याले उपाधिसहित नगद ५० हजार, क्राउन, ट्रफि, विभिन्न गिफ्ट ह्यम्पर र एक साता लामो हङकङ भ्रमण को अवसार प्राप्त गरिन्। उनले उपाधिसहित भ्युअर च्वाइसको सवटइटल पनि जितिन्। विजेता सन्ध्याले एक म्युजिक भिडियोमा खेल्ने अवसार समेत प्राप्त गर्ने छिन।

त्यसैगरि प्रतियोगीतामा दोलाखाका अनिता तमुस्यो फष्ट रनर अप हुन सफल भइन्। फष्ट रनर अप हुन सफल अनिताले नगद ३५ हजार क्राउन, ट्रफि, विभिन्न गिफ्ट ह्यम्पर हात पारिन्। शनिबार साँझ सम्पन्न कार्यक्रममा कास्कीकी कला तमुस्यो मिस पपुलरको सवटइटलसहित सकेण्ड रनर अप भइन्। उनले नगद २५ हजार सहित क्राउन, ट्रफि, विभिन्न गिफ्ट ह्यम्पर जितिन्। प्रतियोगीतामा मिस टयालेण्ट लम्जुङ्गकी सुजन तमुस्यो, वेष्ट पर्सानालिटी कास्कीकी उषा तमुस्यो, वेष्ट हेयरमा चितवानकी सुजिता तमुस्यो, वेष्ट वल्कमा कास्कीकी रुपा तमुस्यो, वेष्ट स्माइलमा तनहुँकी सशी तमुस्यो, वेष्ट फिगर नवलपरासीकी पुनम तमुस्यो, वेष्ट फाटो जेनिकमा कास्कीकी पुजा तमुस्यो र जक्सन पपुलरमा कास्कीकी प्रविना तमुस्योले उपाधि जितिन्।


Photo: Jukson.com

१ महिने लामो प्रशिक्षण पश्चात अन्तिम प्रतिष्पार्धमा उत्रिएका प्रतियोगीहरुलाई वरिष्ठ सौन्दर्यकर्मी मिना तमुस्यो, इन्जिनियर देउकाजी तमु, गुरुङ फिल्म एशोसियसन नेपालका अध्यक्ष वेद बहादुर तमु श्याम, शिक्षाविद पम्फा तमुस्यो र मिस तमुस्यो नेपाल २०५४ का विजेता बुद्धिलक्ष्मी तमुस्यो लगायतले गरेको निर्णायको आधारमा विजेता घोषणा गरिएको थियो।





Comments

comments

148