Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सिरिन्ज आक्रमण गर्ने एक पक्राउ, भन्छन्- सिरिन्ज होइन काँटी घोपेको हुँ

काठमाडौंमा सिरिन्ज आक्रमण गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले गएराति १२ बजे महाराजगंजबाट रामेछाप स्थायी घर भएका सन्तोष कार्कीलाई सिरिन्ज आक्रमणको आरोपमा पक्राउ गरेको हो।

कार्कीले भने आफूले सिरिन्जले नभइ काँटीले घोचेको बताएका छन्।

काठमाडौंमा अहिलेसम्म ६ जना सिरिन्ज आक्रमणमा परेको महानगरीय प्रहरी परिषद् टेकुका प्रवक्ता डी.एस्.पी. होविन्द्र बोगटीले बताए । उनले सो घटनाको थप अनुसन्धान भइरहेको बताएका छन्। यो खबर अन्नपूर्णपोष्टमा सुवास गोतामेले लेखेका छन्।





Comments

comments

30168