चिकित्सकीय लापरबाहीले मृत्यु हुनेको तथ्यांक संकलन गरिने

२०७४ फागुनमा थापाथलीस्थित नर्भिक अस्पतालमा कार्यरत चिकित्सकले चितवनकी ३८ वर्षीया बिन्दु पौडेलको देब्रे घुँडाको शल्यक्रिया गर्नुपर्ने ठाउँमा दाहिने खुट्टा चिरिदिए।

उपचारमा चरम लापरबाही गरेको भन्दै परिवार आन्दोलित भए । उनीहरूले उपचारमा संलग्नमाथि कारबाही हुनुपर्ने भन्दै आन्दोलन गरे । नेपाल मेडिकल काउन्सिलले चिकित्सकद्वय डा. प्रवीण नेपाल र शैलेज रञ्जितकारलाई उपचारमा लापरबाही गरेको देखिएको भन्दै कारबाही ग-यो।

गत साता ओम अस्पतालमा उपचाररत एक महिलाको चिकित्सकीय कमजोरीका कारण मृत्यु भयो । सिन्धुपाल्चोक इन्द्रावती–१० घर भएकी ५० वर्षीया रामप्यारी थापाको पित्तथैलीमा भएको ढुंगा निकाल्नेक्रममा चिकित्सकले सानो आन्द्रा नै काटिदिए । काटिएको आन्द्रा नटाल्दा संक्रमण फैलन गई उनको मृत्यु भयो । थापाको मृत्युपछि आफन्तको विरोध प्रदर्शनका कारण दुई दिन अस्पताल तनावग्रस्त बन्न पुग्यो । पछि, अस्पतालले क्षतिपूर्ति दिएपछि घटना साम्य भयो। यो खबर नयाँ पत्रिकामा अर्जुन अधिकारीले लेखेका छन्।





Comments

comments

30187