Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

१५ घन्टासम्म प्रहरी भोकभोकै

काठमाडौं, १० मंसिर। सार्क सुरक्षामा खटिएका प्रहरी भोकभोकै निरन्तर १५ घन्टासम्म ड्युटीमा खटिएका छन्। बिहान करिब ६ बजे खाना खाएर ड्युटीमा खटाइएका प्रहरीलाई दिउँसो खाजा खाने व्यवस्थासमेत गरिएको थिएन।

सुरक्षामा सडकमा परिचालन गरिएका कतिपय प्रहरी बिहान करिब ६ बजेदेखि साँझ ९ बजेसम्म खटिएका थिए। लामो समय भोकभोकै ड्युटी गर्नुपरेको उनीहरूको गुनासो छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश आचार्यले भने ड्युटीमा खटिएका प्रहरीलाई खाजा खाने व्यवस्था मिलाइएको बताए। ‘केहीलाई दुई सिफ्टमा खटाएका थियौँ, केहीले भने १२ घन्टासम्म ड्युटी गर्नुपरेको थियो,’ उनले भने।

सार्क सुरक्षाका लागि उपत्यका र लुम्बिनीमा गरेर सरकारले १८ हजार सुरक्षाकर्मीलाई खटाएको समाचार नयाँ पत्रिकामा छापिएको छ। जसमा करिब १५ हजार नेपाल प्रहरी छन्।

सेना, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरूसमेत सार्क सुरक्षामा खटाइएका छन्। सार्कमा धेरै खटिनुपर्ने हुँदा खानाखाजाका लागि उनीहरूलाई दैनिक चार सय भत्ता दिन गृह मन्त्रालयले अर्थ मन्त्रालयसँग रकम मागेको थियो। तर, अर्थले रकम दिएको छैन।

सार्क सुरक्षाका लागि उपत्यकामा सादा पोसाकमा मात्र सयौँको संख्यामा प्रहरी खटाइएको छ । करिब १२ जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको स्रोत बताउँछ।





Comments

comments

3022