LIVE Video: अठारौ सार्क सम्मेलनको औपचारिक उद्‌घाटन

LIVE: अठारौ सार्क सार्क सम्मेलनको औपचारिक उद्‌घाटन
काठमाडौं, १० मंसिर। १८ औं सार्क शिखर सम्मेलनको औपचारिक उदघाटन प्रधानमन्त्री सुशील कोइरालाले गरेका छन्। तीन दशकअघि स्थापना भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क को १८ औं शिखर सम्मेलन तेस्रोपटक बुधबार काठमाडौंमा भएको हो। नेपालले २७ वर्षअघि तेस्रो र १२ वर्षअघि ११ औं शिखर सम्मेलन काठमाडौंमा आयोजना गरेको थियो।

LIVE: सम्मेलनको प्रत्यक्ष प्रसारण हेर्नुहोस्
सम्मेलनको भिडियो ५० मिनेटपछि सुरू हुन्छ।

तेस्रो शिखर सम्मेलन प्रज्ञाप्रतिष्ठान कमलादी र ११ औं शिखर सम्मेलन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा भएको थियो। यसपटक सम्मेलन राष्ट्रिय सभागृहमा हुँदैछ। यसपटक सार्क सम्मेलनको नारा शान्ति र समृद्धिका लागि गहन एकता भन्ने छ।

माल्दिभ्सका राष्ट्रपति अब्दुला यामिनले सम्मेलनको औपचारिक सुरआत गरेपछि प्रधानमन्त्री सुशील कोइरालालाई अध्यक्षता हस्तान्तरण गरेका छन्। त्यसपछि कोइरालाको अध्यक्षतामा सम्मेलन सञ्चालन भएको छ।

सम्मेलनमा ४९ वर्षका भुटानी प्रधानमन्त्री सबैभन्दा कान्छा छन् भने सबैभन्दा जेष्ठ ७५ वर्षीय कोइराला छन्। आगामी शिखर सम्मेलन गर्ने पालो पाकिस्तानको हुनेछ। त्यसपछि श्रीलंकाले आयोजना गर्नेछ।





Comments

comments

2787