Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
निगमप्रति प्रधानमन्त्रीको आक्रोश–’ऋण तिर्न मात्रै सरकारले काँध थाप्दैन’ – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

निगमप्रति प्रधानमन्त्रीको आक्रोश–’ऋण तिर्न मात्रै सरकारले काँध थाप्दैन’

फाईल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले ३७ अर्ब ऋणमा रहेको नेपाल वायुसेवा निगमलाई सरकारले ऋण तिरिदिएर ‘अब नउकास्ने’ बताएका छन्।

निगमको ६१ औं वार्षिकोत्सव अवसरमा सोमबार राधानीमा आयोजित समारोहमा पर्यटन मन्त्रालयको समेत जिम्मेबारी लिइरहेको प्रधानमन्त्री ओलीले आफ्नै पहलमा बनेको निगम नेतृत्वप्रति आक्रोस व्यक्त गरे।

जहाज खरिद गर्दा जमानी बसेको सरकारले ऋण तिर्ने बेला आँखा चिम्लेर काँध नथाप्ने उल्लेख गर्दै ओलीले भने ,‘साग बेच्नेले ट्याक्स तिर्छ । किसानले रुखबारीको तिरो तिर्छ । त्यो पैसा उठाउँदै वायुसेवा निगमको ऋण तिर्नुपर्ने ? वायुसेवा भनेको दान, पुण्य र समाज सेवा होइन । व्यापार हो । निःशुल्क स्वास्थ शिविर राखेजस्तो नराख्नू । आफूलाई टिकाउन आम्दानी गर्नुपर्छ। ’

निगम पर्यटनमार्फत देशकै अर्थतन्त्रमा योगदान पुर्याउने संस्था भएको सम्झाउदैं ओलीले भने ,‘सरकार काँध थाप्छ, तर आँखा चिम्लेर थाप्दैन। यसको व्यवस्थापन र सञ्चालन उपयुक्त ढंगले हुनुपर्छ । ’यो समाचार कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन्।





Comments

comments

30249