भद्रगोल कांग्रेसः लथालिंग कांग्रेस, भताभुंग भ्रातृसंस्था

देशमा ७५३ पालिका, तर कांग्रेसमा छन् पुरानै चार हजार सभापति

कांग्रेस विधानमा सबै पालिकामा समिति बनाउने व्यवस्था छ । तर, अहिलेसम्म बनाएको छैन । देश संघीयतामा जानुअघि देशभरका करिब चार हजार गाविस र नगरपालिकामा कांग्रेसका समिति थिए । नयाँ समिति नबनेकाले पुरानै समितिका सभापतिले अहिले पनि नेतृत्व गरिरहेका छन्।

केन्द्रीय समिति नै अपूरो, विधान एकातिर, पार्टी अर्कैतिर

०७२ फागुनमा सभापतिमा निर्वा्चित शेरबहादुर देउवाको कार्यकाल सकिन लाग्यो, तर दलित कोटाबाट एक केन्द्रीय सदस्य मनोनीत हुन बाँकी नै छ । कांग्रेस विधानमा टोल, ६७४३ वडा, ७५३ पालिका, ३३० प्रदेश क्षेत्र, १६५ प्रतिनिधिसभा क्षेत्र, ७७ जिल्ला, ७ प्रदेश गरी ८ तहका समितिको व्यवस्था छ । तर, व्यवहारमा जिल्ला समिति र केन्द्रीय समितिबाहेक अरू समिति नै छैनन्।

महाधिवेशन भएको दुई महिनामा गठन हुनुपर्ने विभाग र समिति तीन वर्षमा पनि बनेन

कांग्रेस विधानमा ३० वटा विभागको व्यवस्था छ । केन्द्रीय नेतादेखि तल्लो तहका कार्यकर्तासम्मलाई परिचालन गर्ने यस्ता विभाग अझै बनेका छैनन् । केन्द्रीय समिति नबसेका वेला सक्रिय हुने कार्यसम्पादन समिति र निर्वाचनमा टिकट बाँड्ने संसदीय समिति विवादित भएर विघटन भए पनि अझै बनेका छैनन् । कांग्रेसका सबै संरचना महाधिवेशन भएको दुई महिनाभित्रै बन्नुपर्थ्यो । यो समाचार नयाँ पत्रिका दैनिकमा रमेश सापकोटाले लेखेका छन्।





Comments

comments

30255