नेपाली चेली कञ्चन अमात्यलाई बेलायतको प्रतिष्ठित डायना पुरस्कार

कञ्चन अमात्य


विजय थापा –

डिसी, नेपाली चेली कञ्चन अमात्यलाई बेलायतको प्रसिद्ध डायना मेमोरियल पुरस्कार प्राप्त भएको छ।

उनलाई पुरस्कार वेल्सकी राजकुमारीको सम्झनामा स्थापित पुरस्कार प्रदान गरिएको हो।

डायना मेमोरियल अवार्ड प्राप्त गर्ने कञ्चन पहिलो नेपाली हुन्। उनले सामाजिक कार्य तथा मानबीय कार्यमा उल्लेख्य योगदान दिए वापत उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो।

सन् १९९७ मा वेल्सकी राजकुमारी डायनाको मृत्युपछि उनको सम्झनामा उक्त पुरस्कार स्थापित गरिएको थियो। यो उच्चतम पुरस्कार युवा नेपाली युवतीलाई उनको सामाजिक कार्य र मानवीय प्रयासमा उनले गरेको भूमिकालाई प्रदान गर्ने गरिन्छ। यो प्रतिष्ठित पुरस्कारलाई बेलायती शाही परिवार, राजकुमार विलियम तथा राजकुमार ह्यारीको समर्थन र साथ रहेको छ।

स्व. डायना र दुई छोरा

पुरस्कार स्व राजकुमारी डायनाको ५८ औं जन्मदिनमा प्रदान गरिएको छ । यस बर्ष उक्त डायना अवार्ड ( पुरस्कार )ले २० औ बार्षिकोत्सव मनाउने छ।

डायना अवार्ड २०१९ मा कन्चनको प्रवेशसंगै उनले आफ्नो सम्मानको भूमिकामा ‘आफू तीव्र गरिवी बिरुद्ध कार्यकर्ता,मानव अधिकारबादी पक्षपोषक र सामाजिक उद्यमी ‘हु भनेर ब्याख्या गरेकी छिन्।

उनले नयाँ पुस्ताका नेपाली युवाहरुलाई प्रोत्साहन र परिचालन गर्न प्रतिबद्ध छु र बिश्वमा यस्तो समुदाय निर्माण गर्न चाहन्छु जहाँ कसैले पनि शिक्षा र भोकबाट एकै दिन पनि बञ्चित हुन् नपरोस भन्ने संदेश दिएकी छिन्।

नेपाल ललितपुर जावलाखेल घर भै हाल अमेरिकाको न्युयोर्क बस्दै आएकी कन्चन पिता जगदिश मान अमात्य तथा माता कृष्ण अमात्यकी कान्छी छोरी हुन्।

फोटो सौजन्यः दि डायना अवार्ड

अमात्य विश्वकै सर्बाधिक धनीहरुको सूची निकाल्ने फोर्ब्सको ‘फोर्ब्स ३० बर्ष मुनिका ३०’ २०१८ सूचीमा पर्न सफल भएकी थिइन्। उनलाई फोर्ब्स एसियाको लागि फोर्ब्स ३० बर्ष भन्दा मुनिका ३० महिला सामाजिक उद्यमीको रुपमा छनोट गरेको थियो। अमात्य महिलाको आर्थिक सशक्तिकरण सम्बन्धी युएन महिला बिश्व च्यामपियनमा सेवारत छिन्।

अमात्य ग्लोबल च्याम्पियन फर वुमेन्स इकोनोमिक इम्पावरमेन्ट, सयुक्त राष्ट्र संघ महिला सशक्तिकरण, युनाईटेड नेसन्स युथ एन स्टुडेन्ट एसोसिएसन अफ नेपालकी अन्तर्राष्ट्रिय निर्देशक, रिजोलुसन प्रोजेक्टकी रिजोलुसन फेलो, ओक्लाहोमा राज्यको युएसए एट फ्रेन्ड्स नेपालकी(डब्लुपीपीसी) सद्भावना दूत लिङ्ग तथा सामाजिक विकास सल्लाहकार, नेपाल, शान्ति एज्नेट, बिशिष्ट ओलम्पिकको पूर्व परियोजना नेतृत्वमा समेत काम गरी सकेकी छिन्।

त्यसै गरी उनले अमेरिकी कांग्रेसमा युवा तथा बालबालिकाको हित तथा अमेरिकी संसद प्रतिनिधिसभा तथा अमेरिकन कांग्रेसमा समेत जिम्मेवारी पाइसकेकी छन्।

तस्बीर कृतज्ञता: दि डायना अवार्ड





Comments

comments

30297