हिन्दी सिरियलले बढायो गहना व्यापार: ज्योत्सना श्रेष्ठ

फाईल फोटो

पहिला ग्राहक फेसेनेबल थिएनन्। बाहिरी दुनियाँले छोएको थिएन। गहना धेरै रोज्दैनथे। जे पाइन्थ्यो, त्यसैमा चित्त बुझाउँथे। अहिले फेसन ट्रेन्ड परिवर्तन भइसकेको छ।

मान्छे विदेश घुम्न थाले । बाहिर गरगहनाका डिजाइन देख्न थाले । अझ भारतीय टिभी सिरियलले गहना बजारलाई ‘यु टर्न’ गरिदियो । अहिले सिरियलमा मोडेलले लगाएको गहना खोज्दै सोरुममा ग्राहक आउँछन् ।

हिन्दी सिरियलले नेपालीको गहना लगाउने संस्कृतिमा पूरै परिवर्तन गरिदियो । गहनाको बिक्री पनि बढ्न थाल्यो । नयाँ–नयाँ डिजाइन दिनुपर्ने भयो । सिरियलकै कारण ड्रेसअपदेखि गरगहना सबैमा परिवर्तन आएको छ । नेपाली मौलिकभन्दा भारतीय डिजाइनका गहनाको माग बढ्न थालेको छ । मंगलसुत्र, रानीहार, नेकलेस र एयररिङ इन्डियन हुन् । यी धेरैले खोज्छन् । धेरै बिक्री हुने गरेको छ । मारबाडी हरायो, झुम्का लगाउन थालियो ।

सिरियल नहेरे गहना बेच्न गाह्रो
केही वर्षअघिसम्म सोरुममा बस्दा सिरियल हेर्नैपर्ने बाध्यता थियो । ग्राहकले फलानो सिरियलमा फलानोले लगाएको जस्तै गहना चाहियो भन्दै आउँछन् । सिरियल नहेरे गहना बेच्न गाह्रै पथ्र्यो । ग्राहकको चित्त बुझाउन समस्या पथ्र्यो । अहिले इन्टरनेटबाट सर्च गरेर हेर्न सकिन्छ । नेपालमा अत्याधुनिक प्रविधिबाट गहना बन्छन् । ग्राहकलाई तत्काल डिजाइन तयार पारेर दिन सकिन्छ। यो सामग्री नवीन अर्यालले नयाँ पत्रिकामा लेखेका छन्।





Comments

comments

30294