हङकङ विवादः चीन र बेलायतबीच द्वन्द्व सुरु, चीनले दियो बेलायतलाई कडा चेतावनी

चीनले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न बेलायतलाई चेतावनी दिएको दिएको छ।

हङकङमा जारी प्रदर्शनलाई लिएर बेलायती पक्षको टिप्पणीप्रति लक्षित गर्दै चीनले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न बेलायतलाई चेतावनी दिएको हो।

चीनका लागि बेलायती राजदूतले लिउ सियामिङले विदेश सचिव जेरिमी हन्ट र अन्य बेलायती अधिकारीहरुले प्रदर्शनकारीहरुको गतिविधिलाई लिएर दिएको अभिव्यक्ति चीनको आन्तरिक मामिलामाथिको हस्तक्षेप भएको र यसले दुई देशको सम्बन्धमा क्षति पुर्याएको बताएका छन्।

चीनको विदेश मन्त्रालयका प्रवक्ताले पनि बेलायती विदेश सचिवको अभिव्यक्ति गलत भएको भन्दै आपत्ति जनाएका थिए । बेलायती विदेश सचिवले हङकङका प्रदर्शनकारीहरुलाई बहादुरको संज्ञा दिएका थिए।

यसअघि बेलायती प्रधानमन्त्री टेरिजा मेले पनि हङकङमा जारी प्रदर्शनलाई लिएर आफुले चिनियाँ नेताहरुसमक्ष चासो प्रकट गरेको बताएकी थिइन ।

सुपुर्दगी विधेयकलाई लिएर हङकङमा प्रदर्शन भइरहेको छ।

गत सोमबार भएको हिंसात्मक प्रदर्शनमा प्रदर्शनकारीहरुले हङकङको विधायकी परिषदमा प्रवेश गरी तोडफोड गरेका थिए। त्यसक्रममा प्रदर्शनकारीहरुले बेलायती औपनिवेशिक कालको झण्डा पनि फहराएका थिए। (एजेन्सी)

यस सम्बन्धी थप समाचारः
यहाँ क्लिक गर्नुहोस्

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

30315