तेस्रो पटक सुटुक्क बिहे गर्दै पूर्वमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की

नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तेस्रो पटक बिहे गर्ने भएका छन्।

६२ वर्षीय कार्कीले उत्सव सम्शेर राणाकी नातिनीसँग बिहे गर्न लागेका हुन् ।आइतबार साँझ थापाथलीस्थित एक पार्टी प्यालेसमा टीकाटालो गरेका छन्।

यद्यपी बिहेको मिति र बधुको नाम भने सार्वजनिक गरिएको छैन। टीकाटालो कार्यक्रममा परिवारका सीमित सदस्यहरुमात्र रहेको थियो।

कार्कीले यसअघि बिहे गरेका दुवै श्रीमतीको क्यान्सरको कारण निधन भएपछि उनले तेस्रो पटक विवाह गर्न लागेको बुझिएको छ। यो खबर नेपाल समाचारपत्रमा छापिएको छ।





Comments

comments

30420