हङकङका तामाङ युएस डलरसहित एयरपोर्टमा प-क्राउ

यो नमूना फोटो हो।

काठमाडौं, अवैध रुपमा लुकाईछिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी र हङकङ डलरसहित हङकङका पासाङ याल्मो तामाङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन्।

हङकङ जन्मस्थान भई मोरङ मृगौलिया-९ ठेगाना भएका ३९ वर्षीय तामाङलाई मंगलबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ।

नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट हङकङ जान लागेका तामाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ब्यागेज चेकिङ एरियामा सुटकेश र हाते झोलामा लुकाई राखेको अमेरिकी डलर २९ हजार ९ सय ५० र हङकङ डलर ३ सय ७० फेला पारी प्रहरीले पक्राउ गरेको हो।

तामाङलाई थप अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको छ।

यो पनि पढ्नुहोस्
विदेश जाँदा केवल १५ सय डलर मात्र लैजान पाउने





Comments

comments

30442