Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बजारमा चर्चा ‘नाईके’को: नयाँ ट्रेलर सार्वजनिक

रेम रसाइली/ एचकेनेपाल डट कम –
काठमाडौं, ११ मंसिर। यतिबेला फिल्मी मार्केटमा ‘नाईके’को चर्चा निकै चलेको छ। खासगरि फिल्मको प्रस्तुती, आर्यनको फरक लुक्स अनि गेटअप र उत्कृष्ट गीतसंगीत चर्चाका विषय हुन्।

मंसिर १९ गतेदेखि अलनेपाल रिलिज हुने फिल्मले प्रदर्शनको एक साता अगाडि एउटा मसलेदार ट्रेलर सार्वजनिक गरेको छ। जुन ट्रेलरले फिल्मको चर्चा अझै बढाउने अनुमान लगाउन सकिन्छ।

‘ब्ल्याक स्याडो प्रोडक्शन’को ब्यानरमा निर्माण भएको फिल्म ‘नाईके’को नयाँ ट्रेलर दर्शकलाई आकर्षित गर्न पूर्ण रूपमा कमर्शियल बनाईएको छ। जहाँ अभिनेता आर्यन सिग्देललाई एक्सन अवतारमा देख्न सकिन्छ। फिल्मलाई नेत्र गुरुङले निर्देशन गरेका हुन्।

फिल्मी बजारमा ‘नाईके’ प्रदर्शन पश्चात आर्यनको लभरव्वाय छवि मेटिने हल्ला पनि उत्तिकै चलेको छ। नाईकेले उत्कृष्ट व्यापार गरेको खण्डमा आर्यन एक्सन फिल्ममा व्यस्त बन्नुपर्ने हुनसक्छ। फिल्ममा आर्यनसँगै रेम बिक, सुर्बिना कार्की, बोधराज रेग्मी, सारिका केसी, विजयराज सेन्चुरी लगायत कलाकारहरुको अभिनय रहेको छ।

बिष्णु हमाल कार्यकारी निर्माता रहेको यो फिल्मममा जगदिश खनाल, नारायण खनाल, संगीता पराजुली, आनन्द क्षेत्रीको लगानी छ। ताराप्रकाश लिम्बुको संगीत, सानुकुमार महर्जनको द्धन्द निर्देशन तथा रोशन लामिछानेको सम्पादन रहेको यो फिल्मलाई अर्जुन तिवारीले खिचेका हुन्।

‘नाईके’को नयाँ ट्रेलर:





Comments

comments

3054