Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

हेराहेर पनि गरेनन् सरिफ र मोदी

काठमाडौं, ११ मंसिर। सार्क क्षेत्रका दुई शक्तिशाली राष्ट्र भारत र पाकिस्तानबीचको कटुता र वैमनस्य काठमाडौं सार्क सम्मेलनमा स्पष्ट रुपमा प्रकट भएको छ।

करिब आधा घन्टाको अन्तरमा मंगलबार काठमाडौ उत्रेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफबीच बुधबार साँझसम्‍म सामान्य शिष्टाचार सम्वाद पनि भएको छैन। बुधबार बिहान भएको उद्घाटन समारोहमा मोदी र सरिफले हात मिलाएनन्, आँखा पनि जुधाएनन्। राष्ट्रियसभा गृहमा आयोजित समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरिफसँगको संभावित सम्पर्क र पहुँचलाई छल्न अनेक उपाय अपनाएका दृश्य निकै रोचक देखिन्थे।

सम्मोधनको क्रममा सरिफ आफ्नो आसपासमा आउँदा मोदी म्यागजिन पढेजस्तो गरेर व्यस्त देखिए भने उद्घाटन समारोह सकेर बाहिरिने क्रममा पनि सरिफसँगको जम्काभेटलाई छल्न मोदीले प्रधानमन्त्री सुशील कोइरालासँग उभिएर केहीबेर भलाकुसारी गरे।

मोदीले चर्को भाषण दिदा सरिफ मुडअफ देखिन्थे भने सरिफबाट सम्बोधन हुँदा मोदीको उपेक्षाभाव देखिन्थ्यो। मोदी र सरिफबीचको यो व्यवहार सम्मेलनका सहभागीलाई असहज लागेका समाचार अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित छ।

पकिस्तान र भारतबीच पछिल्लो समयमा चिसिएको सम्बन्धमा काठमाडौंमा आइसब्रेक हुने अनुमान गरिएको थियो। काठमाडौं ओर्लिनसाथ मोदी र सरिफबीच गोप्य वार्ता हुने प्रचार गरिएको थियो। तर बुधबार स्वदेशी र विदेशी टीभी च्यानलले समेत प्रत्यक्ष प्रशारण गरेको सार्कको उद्घाटन समारोहमा देखिएको दृश्यले पाकिस्तान र भारतबीचको सम्बन्धमा सुधारको आसा क्षीण भएको छ।





Comments

comments

3044