Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

चीन र कोरियालाई सार्क सदस्यता दिनुपर्ने पाकिस्तानको माग

काठमाडौं, ११ मंसिर। पाकिस्तानले चीन र दक्षिण कोरियालाई पनि सार्कको सदस्यता दिनुपर्ने माग राखेको छ। गत आइतबार र सोमबार होटल सोल्टी क्राउन प्लाजामा सम्पन्न सार्क विदेश सचिवस्तरीय बैठकमा पाकिस्तानी प्रतिनिधिले चीन र दक्षिण कोरियालाई सार्क सदस्यता दिन माग गरेका हुन्।

‘पाकिस्तानले चीन र दक्षिण कोरियाको नामै लिएर सार्कको सदस्यता दिनुपर्ने माग गरेको छ,’ उच्च सरकारी स्रोतले नागरिकसँग भन्यो, ‘सहसचिवस्तरीय कार्यक्रम समिति र मन्त्रीस्तरीय बैठकमा यो माग गरिएन तर सचिवस्तरीय स्ट्यान्डिङ कमिटी बैठकमा सदस्यता वा डायलग पार्टनर बनाउन पाकिस्तानले माग गर्‍यो।’

सार्क सम्मेलनमा राखिएको ‘रोकिएको पर्यवेक्षक सदस्य खोल्ने’ एजेन्डामा बोल्ने क्रममा पाकिस्तानी प्रतिनिधिले चीन र दक्षिण कोरियालाई सदस्यता दिन भनेको समाचार नागरिक दैनिकमा छापिएको छ। बैठकमा अन्य सदस्यले भने सार्कलाई विस्तारभन्दा गहन बनाउनतिर जानुपर्ने भनी सदस्यता थप्ने बाटो नखोल्नेतर्फ आफ्ना धारणा राखेका थिए।





Comments

comments

3042