पोखरा व्यापार मेलामा १० करोड भन्दा बढीको कारोबार

सुदर्शन रञ्जित / एचकेनेपाल डट कम –
पोखरा, १० मंसिर। पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा राष्ट्रिय औद्योगिक व्यापार मेला जारी छ। मेलामा मंगलबारसम्म १० करोड ५० लाखको कारोबार भएको छ।

गत बिहीबार सुरु मेलाको हालसम्म १ लाख १० हजार दर्शकले अवलोकन गरेको संघका कार्यकारी निर्देशक टोपबहादुर थापाले जानकारी दिए ।

पोखरामा जारी व्यापार मेलामा घरायसी सामान किन्नेहरुको भीड लागेको छ। पोखरा उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिद्वारा सञ्चालित सस्तो पसलमा घरायसी सामान किन्नेहरुको निकै भीड लागेको समितिका सभापति विन्दु कोइराला सुवेदीले जानकारी दिइन्। सस्तो पसलबाट सबैभन्दा बढी पस्बिना बिक्री भएको उनले बताइन्। ‘नेपालमै नेपाली महिलाहरुद्वारा उत्पादित पस्बिना व्यापार मेलामा निकै बिक्री भएको छ,’ कोइरालाले भनिन्। पसलमा घरायसी प्रयोगमा आउने प्राय सबै सामानहरु बिक्रीका लागि राखिएको उनले बताइन्।

त्यसैगरी, आयोजकले मेला स्थलमा राखेको मिनि चिडिया घर पनि दर्शकको निकै आकर्षण बनेको छ। मेलामा आउने प्राय दर्शकले चिडिया घरमा रहेका जनाबरहरुको अवलोकन गरेका छन्। चिडिया घरमा अष्ट्रिज, अजिङ्गर, गोही, टर्की, यिमुलगायतका जीवजन्तु राखिएको संघका कार्यसमिति सदस्य पवन प्रजापतिले जानकारी दिए। अष्ट्रिज र यिमुको अण्डाले पनि चिडिया घरको आकर्षण बढाएको उनले बताए।

तस्वीरहरूः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम





Comments

comments

2927