फेस अफ मारवाडीमा धरानको राहुल प्रतिस्पर्धी

राहुल


सौरभ श्रेष्ठ –

धरान: आगामी सावन ४ गते काठमाडौंको अन्नपुर्ण होटलमा आयोजना हुने मिस्टर एण्ड मिस फेस अफ मारवाडीको फाइनलमा धरान निवासी राहुल अग्रवाल प्रतिस्पर्धी छन्।

राहुल

धरानको दिल्ली पब्लिक स्कुलमा कक्षा ११ मा अध्ययनरत १७ बर्षीय राहुल अग्रवाल बिराटनगरमा भएको अडिशनबाट छनोटमा परेका हुन्। उनलाई पोपुलर च्वाईस अवार्डको लागि भोट गर्न www.nmagnepal.com मा भएको फेस अफ मारवाडीको लिंकमा गएर राहुल अग्रवालको फोटोमा भोट गर्नुपर्ने हुन्छ भने MRFOM <स्पेस> ५ टाइप गरी ३३०११ मा एसएमएस समेत गर्न सकिन्छ।

राहुल

सावन ४ गते चर्चित इन्डियन टिभी होस्ट करन कुन्द्रा, मिसेज इंडिया अर्थ २०१७ श्वेता चौधरी र चर्चित मोडल सिर्जना रेग्मीको बिशेष सहभागिता रहने फेस अफ मारवाडीको दोस्रो सिजनमा ८ जना युवक र ८ जना युवती गरि १६ जना प्रतिस्पर्धी रहेका छन्।

राहुल अग्रवाललाई भोटिंगको लागि लिंकः
http://www.nmagnepal.com/contest/FOM2019





Comments

comments

30576