Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
राजधानीसँग सम्पर्क टुट्न नदिन ४ ठाउँमा एक्रोब्रिज – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

राजधानीसँग सम्पर्क टुट्न नदिन ४ ठाउँमा एक्रोब्रिज

फाईल फोटो

राजधानीसँग जोडिएका राजमार्गको सम्पर्क टुट्न नदिन नेपाली सेनाले चार स्थानमा एक्रोब्रिज तयारी हालतमा राखेको छ।

प्राकृतिक प्रकोपका कारण राजमार्ग अवरुद्ध भएर राजधानीसँगको सम्पर्क टुट्न नदिन एक्रोबिज उपलब्ध गराइएको सेनाले जनाएको छ।

विपद व्यवस्थापनको पूर्वतयारीस्वरुप सेनाले पूर्वपश्चिम राजमार्ग, पृथ्वी राजमार्ग र त्रिभुवन राजपथअन्तर्गतका ४ स्थानमा ६० मेट्रि टनसम्मको भारवहन क्षमता रहेका चारवटा एक्रोब्रिज तयारी अवस्थामा राखेको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार काठमाडौँको थानकोट, धादिङको बैरेनी, चितवनको भरतपुर र बाराको जितपुरमा ५.५ मिटर चौडा र ७६.२ मिटर लम्बाइका एक्रोब्रिज तयारी अवस्थामा राखिएको छ । यो समाचार नागरिक दैनिकमा मातृका दाहालले लेखेका छन्।





Comments

comments

30725