पोखरामा ‘पेन गन’ सहित रानाभाट पक्राउ

पेन गनसहित पक्राउ परेका सागर रानाभाट

सुदर्शन रञ्जित / एचकेनेपाल डट कम –

पोखरा, १ साउन। प्रहरीले पेन गनसहित लागुऔषध कारोबारीलाई पोखरामा पक्राउ गरेको छ।

पक्राउ पर्नेमा हाल पोखरा – ७ मासबार बस्ने २४ वर्षीय सागर रानाभाट रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। उनी कास्की पोखरा – २४ का स्थायी बासिन्दा हुन्।

बरामद पेन गन

रानाभाटले लागू औषध सेवन, ओसारपसार र बिक्री बितरण तथा हतियारसमेत बोकी हिड्ने गरेको सूचनाका आधारमा उनकै कोठाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले रानाभाटको कोठाबाट पेन गन र त्यसमा लाग्ने ७ थान गोली र लागुऔषदहरु बरामद गरेको छ। पक्राउ परेका रानाभाट कक्षा १२ का विद्यार्थीसमेत हुन्।

पेन गन

प्रहरीले रानाभाटबाट गरेका सामग्रीहरु निम्न रहेका छन्
फेनारगन थान ६०
ब्रुप्रिनर्फिन थान -६०
डाईजेपाम थान– ६०
नाईट्रोसन १५ चक्की
हतियार (पेनगन) थान -१
सोही गनमा लाग्ने गोली थान-७
पासपोर्ट तथा नागरिकता – १०

फोटोः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

प्रहरीले निरीक्षण गर्दै
बरामद लागुऔषध




Comments

comments

30753