Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
राम मन्दिरको जग्गा गायबः ३ सय ७३ रोपनीमा ३ रोपनी मात्र बाँकी… – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

राम मन्दिरको जग्गा गायबः ३ सय ७३ रोपनीमा ३ रोपनी मात्र बाँकी…

राममन्दिर

गौशालास्थित राम मन्दिरको ३ सय ७० रोपनी जग्गा गायब पारिएको छ।

कमान्डिङ कर्नेल श्रीसनकसिंह टण्डनले १९२८ सालमा राम मन्दिर निर्माण गरी ३ सय ७३ रोपनी ८ आना ३ पैसा जग्गा गुठी राखिदिएका थिए। अहिले मन्दिर परिसरले चर्चेको ३ रोपनी ४ आना जग्गा मात्र छ।

नाङ्लेभारे, लप्सीफेदी र साँखुमा मन्दिरका नाममा रहेको जग्गा सबै मोहीकै नियन्त्रणमा छ। जग्गाको खासै आयस्ता पनि आउँदैन।

वर्षको २ देखि ३ लाखसम्मको बाली आउने गरेके रामचन्द्र मन्दिर गुठीका सदस्यसचिव केशवध्वज राणाले जानकारी दिए। ‘सबै जग्गा मोहीले कमाएका छन्,’ उनले भने, ‘बाली भन्दै कसैले अलिअलि बुझाउँछन्।’

निजी गुठीबाट सञ्चालन भएको मन्दिर भए पनि जग्गा कहाँ कति छ भन्ने यथार्थ विवरण गुठीसँग छैन। यो समाचार अन्नपूर्ण पोष्ट दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन्।





Comments

comments

30762