५० वर्षमाथिका अविवाहित महिलालाई भत्ता

नमूना

डोटीको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षको उमेरसम्म अविवाहित रहेका महिलालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ।

नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को नीति, कार्यक्रम तथा बजेटबाट त्यस्ता महिलालाई सामाजिक सुरक्षा भत्ता दिने नीति लिएको दिपायल सिलगढी प्रमुख मञ्जु मलासीले जानकारी दिइन्।

पाँचौ नगरसभामा प्रस्तुत गरेको नीति, कार्यक्रम तथा बजेटमा यसलाई समेटिएको छ। यो समाचार कान्तिपुर दैनिकमा छापिएको छ।





Comments

comments

30912