प्रेममा फसाएर बन्धक बनाई ४० लाख फिरौती माग

नमूना तस्वीर

व्यवसायीलाई बन्धक बनाई फिरौती मागेको आरोपमा प्रहरीले एक भारतीयसहित चार जनालाई पक्राउ गरेको छ।

बिर्तामोडमा भाडाको फ्ल्याटमा बन्धक बनाई उनीहरुले ४० लाख रुपैयाँ फिरौती मागेको प्रहरीले जनाएको छ।

बितौमोड–४ का २९ वर्षीय मेराज खान, सोही वडाका २५ वर्षीय प्रकाश दास, इलाम घर भई बिर्तामोड–२ बसने २० बस्ने २० वर्षीय ऋतु फियाक लिम्बु र भारत, दार्जिलिङका सञ्जु क्षेत्री भनिने सुजन शंकर पक्राउ परेका हुन्।

चारै जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडले मंगलबार पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ । उनीहरुलाई साउन ५ गते चारआलीबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिसएसपी महेन्द्रकुमार श्रेष्ठले बताए । उनीहरुको साथबाट बा१५च ७३३ नम्बरको कार, नक्कली पेस्तोल र लागूऔषद बरामद भएको उनले जानकारी दिए।

ती व्यवसायीलाई बन्धक बनाउन युवतीको प्रयोग गरी नक्कली मायाजालमा फसाएको पाइएको बिर्तामोडका डिएसपी मोहन थापाले बताए । उनका अनुसार शंकरले भारतको दिल्ली बस्दै आएकी लिम्बूलाई बिर्तामोड बोलाएर व्यवसायीको फोन नम्बर उपलब्ध गराएका थिए । यो समाचार कान्तिपुर दैनिकमा अर्जुन राजवंशीले लेखेका छन्।





Comments

comments

30918