दिल्लीमा नेपाली बालिकाको बलात्कारपछि हत्या

फाईल फोटो
बाजुरा घर भएकी एक बालिकाको भारतको दिल्लीमा बलात्कारपछि हत्या भएको छ।

भारतको पूर्वी दिल्लीको सक्कपुरमा ९ वर्षीया लक्ष्मी चदाराको बलात्कारपछि हत्या भएको नेपाली दूतावासले जनाएको छ।

बालिका बुवा देव चदारा र आमासँगै भारतमा बस्दै आएकी थिइन्।

उनको भारतीय नागरिक बसिम अहमद उर्फ सनुले हत्या गरेको प्रहरीले जनाएको छ। यो खबर अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ।





Comments

comments

30925