मोदी भदौंमा नेपाल आउने, कमान्डो टोली नेपाल आएर फर्कियो

फाइल फोटो

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भदौं अन्तिम साता चारदिने नेपाल भ्रमणमा आउने भएका छन्।

भ्रमणको पूर्व तयारीका लागि भारतका सुरक्षाकर्मी र विदेश मन्त्रालयका कर्मचारी दुई महिनाअगावै त्यसको तयारीमा जुटेका छन्।

उच्च सुरक्षा स्रोतका अनुसार भदौं ३१ देखि असोज ३ गते९सेप्टेम्बर १७ देखि २० तारिख० हुने उनको भ्रमणको तयारीका लागि साउनको पहिलो सातासम्म भारतीय सुरक्षाकर्मीको एक टोली नेपाल आएर फर्किएको बताइएको छ।

उच्चस्तरीय भ्रमणका लागि आवश्यक सुरक्षा सुनिश्चिताको चासो राख्दै भारतीय सुरक्षाकर्मीले एक चरण नेपाली अधिकारीसँग भेट गरेका छन् । यो समाचार नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

30945