विदेशमा मृत्यु भएका कामदारका परिवारलाई साढे ४८ करोड

फाइल फोटो

वैदेशिक रोजगार बोर्डले आर्थिक वर्ष २०७५/७६ मा विदेशमा रोजगारीका क्रममा मृत्यु भएका नेपाली कामदारको परिवारलाई राहतस्वरुप ४८ करोड ४९ लाख ४० हजार रुपैयाँ सहायता प्रदान गरेको छ।

गत वर्ष वैदेशिक रोजगारीमा रहेका नेपालीमध्ये २३ महिलासहित ७ सय ५३ ले ज्यान गुमाएक थिए।

बोर्डले करार अवधिमा नै मृत्यु भएका कामदारका परिवारलाई ७ लाख रुपैयाँका दरले आर्थिक सहायता प्रदान गर्ने गरेको छ।

रोजगारीका क्रममा अंगभंग तथा बिरामी भएका ३ सय ३५ कामदारलाई एक वर्षमा ९ करोड १४ लाख १३ हजार ६ सय ९९ रुपैयाँ सहायता प्रदान गरिएको बोर्डले जनाएको छ। यो समाचार कान्तिपुरमा छपिएको छ।





Comments

comments

30954