Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
अमेरिकाविरुद्ध सिंगो नेकपा कि प्रचण्ड मात्रै? – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

अमेरिकाविरुद्ध सिंगो नेकपा कि प्रचण्ड मात्रै?

फाइल फोटो

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिकी प्रतिबन्धविरुद्ध क्युवाली जनताको संघर्षमा ऐक्यवद्धता व्यक्त गरेका छन्।

कम्युनिष्ट मुलुक क्युवामा लामो समयदेखि अमेरिकाले विभिन्न किसिमका प्रतिबद्ध लगाउँदै आएको छ।

काठमाडौंमा शुक्रबार आयोजित क्युवाप्रतिको ऐक्यबद्धतासम्बन्धी नवौं एसिया–प्रसान्त क्षेत्रीय सम्मेलनमा सम्बोधन गर्दै दाहालले समाजवादप्राप्तिको लक्ष्यका लागि क्युवाली कम्युनिष्ट पार्टीको योगदानको प्रशंसा गरे ।

दाहालले अमेरिकाको आर्थिक प्रतिबन्धविरुद्ध क्युवाली जनताले देखाएको साहसको पनि प्रशंसा गरे ।

‘दशकौंदेखिको प्रतिबन्ध र नाकाबन्दीका बाबजुत क्युवाली जनताले अन्यापूर्ण व्यवहारबाट शान्ति र स्वतन्त्रता प्रेमी जनतालाई मार्न सकिंदैन भन्ने कुरा विश्वलाई देखाइदिएका छन्, ’ दाहालले भने, ‘क्युवाविरुद्ध लगाइएको प्रतिबन्धले त्यहाँका जनताको धैर्य, राष्ट्रवादी सोच र संम्प्रभुताको रक्षा गर्ने बिषयलाई कमजोर बनाउन सक्दैन ।’ यो खबर नागरिक दैनिकमा छापिएको छ।





Comments

comments

30962