बढी रेमिट्यान्स अमेरिकाबाट

फाइल फोटो

नेपालमा सबैभन्दा बढी रेमिट्यान्स अमेरिकाबाट आएको छ।

आर्थिक वर्ष २०७५/७६ को ११ महिनामा यस मुलुकबाट एक खर्ब ८१ अर्ब ४७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

डाइभर्सिटी भिषा (डीभी)का साथै विद्यार्थी भिसामा अमेरिका जाने क्रम बढ्दै गएपछि त्यसको प्रभाव रेमिट्यान्समा परेको हो । नेपालमा भूकम्पपछि सन् २०१५ को जुनयता अमेरिकाले नेपालीका लागि टेम्पोररी प्रोटेक्टेड स्ट्याटस (टिपिएस) दिएका कारण उक्त अवधिमा प्रवेशाज्ञा समाप्त भएका नेपालीले बढी समय बस्ने अनुमति पाएका छन्।

यो सुविधा अन्तर्गत उनीहरुले सन् २०२० को मार्च २० सम्म अमेरिकामा काम गर्न पाउँछन्।

राष्ट्र बैंकको गत आवको ११ महिना (साउन–जेठ)को तथ्यांकअनुसार बढी रेमिट्यान्स आउने मुलुकमा अमेरिकापछि दोस्रोमा भारत छ । भारतमा काम गर्ने नेपालीको तथ्यांक छैन । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा तुलसी सुवेदीले लेखेका छन्।





Comments

comments

31033