हङकङमा यो वर्षकै पहिलो ठूलो सामुद्रिक आँधी टाईफून सिग्नल नं. ८, जनजीवन अस्तव्यस्त

सामुद्रिक आँधीको चपेटामा हङकङ

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ ३१ जुलाई। हङकङ अब्जरभेटरीले हङकङमा यो वर्षकै पहिलो ठूलो सामुद्रिक आँधी टाईफून सिग्नल नं. ८ (No. 8 Northeast Gale or Storm Signal) शुरु भएको सूचना जारी गरेको छ।

यो वर्षकै ठूलो आँधी बेहेरी हङकङको समय अनुसार अपरान्ह १:४० बजेदेखि शुरु भएको हो।

हङकङको मौसम

टाईफून सिग्नल नं. ८ का कारण जनजीवन प्रभावित बनेको छ। टाईफून सिग्नल नं. ८ ले आँधी बेहेरीका साथ भारी वर्षा ल्याउने भएकोले यो समय शैक्षिक संस्था, बजार, व्यापारिक प्रतिष्ठान र अधिकांश यातायात सेवाहरु बन्द हुने गर्छन्।

वाहिर हुने निर्माण क्षेत्रका कामहरु बन्द हुने गर्छन्। तर भवनभित्र हुने केही कम्पनीहरुमा नं. ८ सिग्नल आए पनि काममा जानु पर्ने वाध्यता हुन्छ। उनीहरुलाई काममा आवात-जावतमा कठिनाई पर्ने गर्छ।

फाईल भिडियोः

अपरान्हदेखि जारी टाईफूनले हङकङको जनजीवन अस्तव्यस्त पारेको छ। सामुद्रिक आँधीका कारण स्टार फेरि सामुद्रिक बाटो, अधिकांश बस सेवाहरु, शैक्षिक र व्यापारिक प्रतिष्ठानहरु बन्द भएका छन्। भूमिगत रेलसेवाहरु सुचारु रहे पनि एमटिआर कर्पोरेशनद्वारा सञ्चालित बस सेवाहरु निलम्बन गरिएको छ।

अधिकांश केएमबी, न्यु वर्ल्ड फस्ट बस, सिटी बसहरु अपरान्ह ४ बजेदेखि बन्द भएका छन्। क्याथे प्यासिफिक, हङकङ एयरलाइन्स र हङकङ एक्सप्रेसले हवाई उडानहरू स्थगित नभएपनि ढिलाइको सम्भावना रहेको बताएको छ।

अपडेट…
बुधवार राति ११:४० बजे ८ नं. को टाईफून हटेर नं. ३ ले प्रतिस्थापना गरेको छ। टाईफून नं. ८ ले कतै क्षति पुर्याएको खबर प्राप्त भएको छैन। टाईफून नं. ८ हटेसंगै हङकङबासीको त्रासदी हटेको छ। जनजीवन सामान्यतर्फ फर्केको छ।





Comments

comments

31093