Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
ठेकेदारलाई कडाइ गर्न मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

ठेकेदारलाई कडाइ गर्न मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन

फाइल फोटो

प्रधानमन्त्री केपी ओलीले ठेकेदारहरुलाई दिइने ‘मोबिलाइजेसन कस्ट’(काम सुरु गर्नुअघि दिने पेस्की) मा कडाइ गर्न विकासे मन्त्रालयका मन्त्री र सचिवलाई निर्देशन दिएका छन्।

सबै मन्त्रालयसँग कार्यसम्पादन सम्झौता गर्दै प्रधानमन्त्रीले विशेषगरी आयोजनाको जिम्मा लिने तर समयमा काम नगर्ने प्रवृत्ति रोक्नका लागि मोबिलाइजेसन खर्चमा कडाइ गर्नुपर्ने बताएका छन्।

कुनै पनि आयोजना ठेक्का लागेपछि सुरुमै ‘मोबिलाइजेसन कस्ट’ बापत २० प्रतिशत रकम दिने व्यवस्था छ । यही व्यवस्थाको फाइदा उठाउँदै ठेकेदारले पेश्की रकम अन्यत्र लगाउने र मूल काम नगर्ने प्रवित्ति छ।

‘मोबिलाइजेसन कस्ट’ लिने र काम अड्काउने भइरहेको छ, यसमा तपाईँहरुले कडाइ गर्नुहोस्, कामको जिम्मा लिएपछि समयमा पूरा गर्नुपर्छ, त्यसका लागि कतैबाट छुट र सहुलियत हुनु हुँदैन ।’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै एक सहभागीले भनेका छन् । यो समाचार कान्तिपुर दैनिकमा छ।





Comments

comments

31120