देउवा–पौडेल चर्काचर्की, ‘भिलेन’ बनाउन खोजेको देउवाको आरोप

फाईल फोटो

पार्टीको चौथो महाधिवेशनको कार्यतालिका ल्याउने कि नल्याउने भन्ने सवालमा कांग्रेस सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच अर्को आरोप–प्रत्यारोप चलेको छ।

बुधबारको केन्द्रीय कार्यसमिति बैठकमा पौडेलले महाधिवेशन नगराई कार्यसमितिलाई निरन्तरता दिन खोजिएको धारणा राखेपछि सभापति देउवा झोक्किएका थिए।

पाँच वर्षभि महाधिवेशन गराउन खोज्दाखोज्दै पनि आफूलाई ‘भिलेन’ बनाउन खोजिएको भन्दै देउवाले पौडेलको टिप्पणीप्रति आपत्ति जनाए।

कार्यतालिकाकै विवादले बुधबार छलफलका लागि तय भएका अन्य एजेन्डा प्रवेश भएनन् । बैठककै सुरुमै पौडेलले कार्यतालिका नल्याएसम्म अन्य एजेन्डामाथिको छलफलमा आफूहरु सहभागी नहुने बताएका थिए । यो समाचार कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले लेखेका छन्।





Comments

comments

31123