२५०० बिघा ‘माओवादी’ कब्जामै

फाईल फोटो

तत्कालीन विद्रोही माओवादीले अगुवाइमा दाङमा कब्जामा लिएको २५ सय बिघा जग्गा अझै फिर्ता भएको छैन।

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले नेपाल संस्कृत विश्वविद्यालयको १३ सय, स्वर्गद्वारी आश्रमको १२ सय र जिल्ला प्रशासन कार्यालयको १४ विघा कब्जामा रहेको बताए।

उनका अनुसार संस्थागत रुपमा कब्जा भएका जग्गाको आम्दानी जग्गाधनीले २०५८ सालदेखि नै पाएका छैनन्। द्वन्द्वका बेला माओवादीले दाङमा विभिन्न व्यक्तिको १९ सय बिघा जग्गा कब्जा गरेको थियो।

माओवादीले शान्ति प्रक्रियासँगै व्यक्तिको कब्जा जग्गा फिर्ता गरेको छ। तर विश्वविद्यालय र आश्रमको जग्गा भने फिर्ता नगरेको तत्कालीन माओवादीका जिल्ला नेताले बताए। यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा सुरेन्द्र काफ्ले र गोपाल शर्माले लेखेका छन्।





Comments

comments

31127