कश्मीर मुद्दाले दार्जिलिङमा हलचल

फाइल फोटो

भारत सरकारले उत्तरी राज्य जम्मु–कश्मीरलाई दिँदै आएको विशेषाधिकार खारेज गरी केन्द्र शासित दुई अलग राज्यमा टुक्रायाउने निर्णय गरेसँगै दार्जिलिङमा हलचल सुरु भएको छ।

भारत सरकारको निर्णयसँगै प्रस्तावित ‘गार्खाल्यान्ड’ प्रति सरकारको ध्यानाकर्षण गर्न विभिन्न राजनैतिक दलका नेताहरु सक्रिय बनेका छन्।

सोमबार बोडोल्यान्ड पिपुल्स फ्रन्टका सांसद विश्वजित दैमारीलगायतले राज्यसभामा गोर्खाल्यान्ड लगायत बोडोल्यान्ड राज्य गठन हुनुपर्ने माग गरेका छन्।

भूमिगत नेता विमल गुरुङले प्रस्तावित गोर्खाल्यान्ड क्षेत्रलाई पनि केन्द्र अधीनस्थ राख्नुपर्ने माग गरेका छन् । यो समाचार कान्तिपुर दैनिकमा मनोज बोगटीले लेखेका छन्।





Comments

comments

31245