बेलायतमा गीति लेखनतर्फ जानु चर्चित बन्दै

गीति लेखनतर्फ जानु

रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम –

लण्डन, साहित्यकार तथा गीतकार जानु काम्बांग लिङ्ग्देनको नयाँ म्युजिक भिडियो ‘म आउने प्रहर’ आफ्नै युट्युब च्यानल ‘हाम्रै सेरोफेरो’ मार्फत सार्बजनिक गरेकी छन्।

धर्तिको जुनसुकै कुनामा पुगेर पनि माया र सेवा गर्ने भनेको आफू जन्मेको माटो र आफ्नो भाषा साहित्य नै हो। यस्तै परिबेशमा जन्मिएकी साहित्यकार तथा गीतकार जानु बेलायतमा गीति लेखनतर्फ धेरै अगाडि छन्। बेलायत बसेरपनि नेपाली साहित्यमा उनका धेरै उत्कृष्ट गीत, गजल, नियात्रा, कथा इत्यादि श्रोता तथा पाठकहरुले रुचाइ सकेका छन्।

नउघ्रिएको जुन कथासंग्रह, गीतिसिडी जानु, गीति एल्बम अनुभब, शिबिरमा इश्वर कविता संग्रह एबम थुप्रै फुटकर गीतहरु बिभिन्न गायक गायिकाको आवाजमा आइसकेका छन्, बेची दिन्थे यो जवानी, कसम मन पर्यो, कयौं प्यासी रातहरु, हुनै लाग्दा दिन उज्यालो, इत्यादि सयकडौ गीतहरुको जन्म दिएकी छन्।

सार्बजनिक गरिएको ‘म आउने प्रहर’ भिडियोमा हरिदत्त फुलाराको स्वर र संगीत रहेको छ भने महाराज थापाको संगीत संयोजन रहेको छ। रबिन्द्र बरालको छायांकन विष्णु खड्काको सम्पादन र रमेश बाबा नेपालको निर्देशनमा तयार भएको यस भिडियोमा नेपाली चलचित्रका चर्चित अभिनेता आयुष रिजाल र नम्रता सापकोटाले अभिनय गरेका छन्।

एक प्रेमिल जोडीको मिठो प्रेम र प्रतिक्षाको पहिलो भेटमा आफ्नी प्रेमिकाले आफू प्रतिदिने मिठो माया र सद्भावको अपेक्षा सहितको मार्मिक भाव यस गीतमा भेट्न सकिन्छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

31248