हङकङ आन्दोलनः विद्यार्थी नेतालाई पक्राउ गरेपछि हंगामा, विरोधमा साईन्स म्युजियममा ‘लेजर गन’ आतंक

फोटो सौजन्यः @ezracheungtoto

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ७ अगष्ट। बापटिष्ट युनिर्भसिटी विद्यार्थी युनियनका सभापति केइथ फोङ चुङ-यिन पक्राउको विरोधमा विद्यार्थीहरूले बुधवार सांझ चिम सा चुईस्थित साईन्स म्युजियममा ‘लेजर गन’ आतंक मच्‍याएका छन्।

सयौंका संख्यामा भेला भएका प्रदर्शनकारीहरूले एकै पटक म्युजियममा लेजर लाईट बालेर पक्राउको विरोध गरेका हुन्। सयौंका संख्यामा थपिदै गएका प्रदर्शनकारीका कारण यातायात अबरुद्ध बनेको छ।

फोङलाई मंगलवार सादा पोशाकका प्रहरीले ४ हजार दुई सय डलरमा किनेको १० वटा लेजर गनसहित रंगेहात पक्राउ गरेर शाम सुई पो पुलिसस्टेशन लगिएको थियो।

फोटो सौजन्यः @ezracheungtoto

प्रहरीले लेजर लाईटलाई हतियारको रूपमा लिदै आएको छ। केही दिनयता प्रदर्शनकारीले प्रहरीको आँखा आँखामा लेजर गन ताक्दै आएका छन्। लेजर गन घातक हुने भन्दै प्रहरीले त्यसो नगर्न आग्रह गर्दै आए पनि प्रदर्शनकारीले प्रहरीमाथि आक्रोश पोख्न लेजर गन प्रयोग गर्दै आएका छन्।

प्रहरीले लेजर गन कति घातक हुन्छ भनेर बुधवार राखेको पत्रकार सम्मेलनमा प्रयोग गरेरै देखाएका थिए। लेजर गनले कागजलाई जलाएको थियो। सम्मेलनमा लेजर गनले आँखामा असर पारेपछि एक प्रहरी अधिकारी अस्पताल भर्ना भएको बताए।

फोङ पक्राउ परेलगत्तै मंगलवार राति प्रदर्शनकारीले शाम सुई पो पुलिस स्टेशन घेराउ गरेका थिए। प्रहरीले प्रदर्शनकारीहरूलाई त्यहाँबाट पूर्ण रूपमा हटाउन विहान ३ बजेसम्म खट्नु परेको थियो।

गत जुन ९ तारिखदेखि हङकङमा प्रस्ताविक सुपुर्दगी विधेयकविरुद्ध प्रदर्शनहरु भइरहेका छन्। प्रदर्शनकारीले खास गरी चारवटा माग राखेर प्रदर्शन गर्दै आएछन्:

-सुपुर्दगी विधेयक पूर्ण रूपमा फिर्ता लिइनुपर्ने
-जुन १२ को प्रदर्शनलाई व्याख्या गर्दा प्रयोग गरिएको ‘दङ्गा’ शब्द फिर्ता लिनुपर्ने
-पक्राउ परेका सम्पूर्ण प्रदर्शनकारीहरू मुक्त गरिनुपर्ने
-प्रहरी दमनको अनुसन्धान गरिनुपर्ने

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

31257