मिस नेपाल नर्थ अमेरिकाको उपाधि श्रेया गजुरेललाई…

विजेता

विजय थापा, न्यूयोर्क । न्यूयोर्कमा शनिवार सम्पन्न दोश्रो मिस नेपाल नर्थ अमेरिका-२०१९ को उपाधि न्यूयोर्ककी श्रेया गजुरेल जितेकी छन्।

दोश्रो मिस नेपाल नर्थ अमेरिकाको लागि अन्तिम १६ प्रतियोगीहरुबाट फस्ट रनरअप भ्यानकुभर क्यानडाकी आस्था पाण्डे र सेकेन्ड रनअप म्यासाचुसेट्सकी कृती केसी भएका छन्।

मिस ट्यालेन्टमा रेबिका श्रेष्ठ, मिस कम्युनिटी आउटरिचमा गरिमा पौडेल, मिस पपुलरमा राजश्री आचार्य, फोटोजेनिकमा आस्था थापा मगर, मिस स्माइलमा सविना पौडेल, मिस वेस्ट ड्रेसमा ओशिन रायमाझी, मिस पर्सोनालिटीमा मनिषा रोका, मिस डिसीप्लेनमा रिस्ता साह, मिस क्याटवाकमा बिष्णु मिश्रा, मिस पर्सोनालिटीमा आस्था पाण्डे, मिस राईजिगं स्टारमा एंजिला अधिकारी ,मिस स्किनमा आस्था थापा मगर, मिस बेस्ट हेयरमा रिस्ता शाहले जितेका छन्।

अगस्त १२ देखि तालिम शुरु भएको प्रतियोगीता न्यूयोर्कस्थित प्रसिद्ध मेलरोज बलरुममा अगस्त १७ शनिबारका दिन सफलतापूर्वक सम्पन्न भएको हो।

२०१० की मिस नेपाल सदिक्षा श्रेष्ठ आधिकारिक कोरियोग्राफरको भूमिका निर्वाह गरेकी थिइन्। निर्णायकहरुमा मिस नेपाल वर्ल्ड २०१८ की शृंखला खतिवडा प्रमुख निर्णायक र अन्य निर्णायकहरुमा नामगेल लामा, अधिवक्ता बासु फुलारा, कलाकार एड्रिएन प्रधान,अबुबोकोर हनिप तथा राजु श्रेष्ठ रहेका थिए।





Comments

comments

31461