रवि लामिछानेसहित ३ विरुद्ध किटानी जाहेरी

रवि लामिछानेसहित ३ विरुद्ध किटानी जाहेरी

चितवनको एक होटलमा मृत फेला परेका पत्रकार शालिकराम पुडासैनीकी श्रीमती सम्झना पुडासैनीले पत्रकार रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीविरुद्ध किटानी जाहेरी दिएकी छन्।

आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमार्फत उनले आत्महत्या दुरुत्साहनमा तीनै जनाविरुद्ध किटानी जाहेरी दिएकी हुन्।

परिसर काठमाडौंका डीएसपी एवं प्रवक्ता होविन्द्र बोगटीले मृतकका परिवारको तर्फबाट तीनै जनाविरुद्ध परिसरमा किटानी जाहेरी परेको बताए।

जाहेरी रुजु गरेर जिल्ला प्रहरी कार्यालय चितवन पठाइने प्रवक्ता बोगटीले जनाए । लामिछानेसहित तीनै जनाविरूद्ध हाल जिल्ला प्रहरी कार्यालय चितवनमा आत्महत्या दुरुत्साहनमा अनुसन्धान भइरहेको छ । चितवन जिल्ला अदालतले तीनै जनालाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइसकेको छ। यो खबर राजधानीमा प्रकाशित छ।





Comments

comments

31457