नेकपामा खनाललाई तेस्रो वरियता, माधव नेपाल पछि परे

खनाल र नेपाल

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सचिवालय बैठकले पूर्वप्रधानमन्त्री एवं नेता झलनाथ खनाललाई तेस्रो वरियतामा राख्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहालपछि तेस्रो वरियतामा झलनाथ खनाललाई राख्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

यसअघि पार्टीको तेस्रो वरियतामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल थिए। अब उनी पार्टी वयिरतामा चौथो नम्बरमा पुगेका छन्। पछिल्लो समय नेकपाको वरियतामा खनालले आफूलाई तल पारिएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका थिए। यो खबर नागरिक दैनिकमा छापिएको छ।





Comments

comments

31454