पूर्वयुवराज पारसद्वारा विमानस्थलमा प्रहरीमाथि हातपात…

फाइल फोटो

पूर्वयुवराज पारस शाहले त्रिभुवन विमानस्थलमा ड्युटीमा रहेका प्रहरीमाथि दुर्व्यवहार गरेका छन्।

आमा र छोराछोरीलाई थाइल्याण्ड जान लागेका बेला विमानस्थलमा बिदाइका लागि पुगेका पारसले ड्युटीमा रहेका प्रहरी नायब निरिक्षक (सई) लाई दुर्व्यवहार गरेका हुन्।

ती प्रहरी अधिकारीले कार्यालयमा उजुरी नगरेको भनिए पनि सो घटनाबारे महानगरीय प्रहरी आयुक्तको कार्याल्य रानीपोखरीले समेत जानकारी राखेको छ।

थाइल्याण्डमा रहेका ज्ञानेन्द्र शाहलाई भेट्न जान लागेकी कोमल शाहलाई बिदा गर्न पारस पनि विमानस्थल पुगेका थिए । आफ्ना छोरा र भान्जालाई दुर्व्यवहार गरेको भन्दै उनले प्रहरीलाई दुर्व्यवहार गरेका थिए । यो समाचार नागरिक दैनिकमा छ।





Comments

comments

31450