रवि लामिछाने ५ लाख धरौटीमा रिहा

रवि लामिछाने ५ लाख धरौटीमा रिहा

एचकेनेपाल डट कम संवाददाता –

चितवन। पूर्वसहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेर न्यायिक हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछाने चितवन जिल्ला अदालतको आदेशमा सोमवार ५ लाख रुपैयाँ धरौटी तिरेर रिहा भएका छन्।

उनीसंगै पक्राउ परेका सञ्चारकर्मी युवराज कँडेल ३ लाख धरौटीमा र अस्मिता कार्की साधारण तारेखमा रिहा भएका छन्।

रविको रिहाको खबर सुन्नसाथ शुभेच्छुक र आफन्तले खुशीयाली मनाएका छन्।

रिहा भएका लामिछाने र कँडेलले धरौटीमा बसेर मुद्दाको पुर्पक्ष गर्नेछन्।

अदालतले न्यायिक प्रक्रियामा असर पुग्ने भन्दै लामिछानेले पुडासैनी मृत्यु प्रकरणबारे कार्यक्रम चलाउन नपाउने आदेश दिएको छ। लामिछाने र कँडेललाई अदालतले मुद्दाका विषयमा सार्वजनिक टिका टिप्पणी गर्न समेत बन्देज लगाएको छ।

अदालतको अनुमतिबिना दुबै जनाले विदेश जान नपाउने भएका छन्। त्यस्तै रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीको सम्पत्तीमा छानविन हुने आदेशमा उल्लेख रहेको जनाइएको छ।





Comments

comments

31582