चिनियाँ चासो बढ्दैः लुम्बिनीका कारण नजिकिँदै चीन

फाइल फोटो

प्रदेश ५ मा चीन सरकारको चासो बढ्दै गएको छ। यहाँको आर्थिक, पर्यटकीय तथा सांस्कृतिक विकासमा सहकार्य गर्न चीन आतुर देखिएको हो।

महामानव गौतम बुद्धको जन्मस्थल भएको क्षेत्र भएकाले पनि चिनियाँ चासो यो प्रदेशमा बढि देखिएको जानकारहरु बताउँछन्।

प्रदेश सरकार, स्थानीय सरकारले चीनका विभिन्न प्रान्तीय सरकार तथा नगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्ने क्रम तीव्र बनेको छ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले गत असार १६ गतेदेखि २५ गतेसम्म चीनका विभिन्न प्रान्तको भ्रमण गरे । सोही सिलसिलामा प्रदेश ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम भएको छ। यो समाचार नागरिक दैनिकमा विनोद परियारले लेखेका छन्।





Comments

comments

31591