राखेप सदस्य राजेश गुरुङले सहाराको मैदान निरीक्षण गर्दै भने–‘एकेडेमीको मैदान उपयुक्त छ।’

फोटोः सुदर्शन रञ्जित

पोखरा, नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आयोजना मिती नजिकिंदै जाँदा पोखरामा हुने महिला फुटबलका लागि प्रशिक्षण मैदानमा लागि तयारी गर्न यति बेला राष्ट्रिय खेलकुद परिषद(राखेप) का बोर्ड सदस्य राजेश गुरुङ ब्यस्त रहेका छन्।

यसै क्रममा पोखरा दोविल्लास्थित राखेप सदस्यले विहीबार सहारा एकेडेमीको खेल मैदान निरीक्षण गरेका छन । राखेप सदस्य भएपछि पहिलो पटक सहारा एकेडेमी पुगेका गुरुङले साग खेलमा सहाराको मैदान प्रशिक्षणका लागि उपयुक्त रहेको बताएका छन्।

सो अवसरमा प्रशिक्षणका दौरान आवश्यक पूर्वाधारहरुको निर्माण तथा मर्मतका लागि यथासिघ्र पहल थाल्ने बताए । उनले भने–‘सहाराको खेल मैदान उपयुक्त छ र यहाँको शान्त वातावरणमा प्रशिक्षण गर्न पाउँदा जुन सुकै देशका खेलाडी पनि प्रफुल्लित हुनेछन्।’

सागका क्रममा पोखरामा हुने सात खेल मध्ये महिला फुटबलका लागि सबै देशका टोलीलाई सुविधा सम्पन्न प्रशिक्षण मैदान आवश्यक रहेको तर्फ इंगित गर्दै उनले सहारा एकेडेमीको खेल मैदान प्रयोगका लागि अखिल नेपाल फुटबल संघसंग समेत छलफल गर्ने बताए।

सहारा एकेडेमीमा पुगेका राखेप सदस्य गुरुङले एकेडेमीमा रहेका कठिन परिस्थितीका बालकहरुसंग भेटघाट गर्दै उनले सहाराले दिएको सहारालाई जिवनमा नर्विसन आग्रह गरे। ‘अहिले यहाँ बस्ने तपाईहरुका लागि यतिबेला सहारा अभिभावक भएकोे छ, भोलि आफ्नो खुट्टामा उभिएको बेला सहाराले लगाएको गुन तिर्नु होला।’

राखेप सदस्य गुरुङ एकेडेमी पुग्दा एकेडेमीका अध्यक्ष विक्रम थकालीले स्वागत गरेका थिए । सो अबसरमा हालै यूकेबाट नेपाल आएका सहारा क्लव पोखराका मानार्थ सदस्य तथा सहारा यूकेका सल्लाहकार महेश गुरुङले राखेप सदस्य गुरुङलाई बोर्ड सदस्य भएकोमा खादा लगाएर सम्मान गरेका थिए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

31647