कहिले गुड्ला जनकपुर–जयनगर रेल?

फाइल फोटो

जनकपुरका होटल व्यवसायी अभिशेष झुनझुनवाला जनकपुर–जयनगर रेल्वे सञ्चालनको प्रतिक्षामा छन्।

-

‘पर्यटक जनकपुर –जयनगर रेल सुरु भयो कि भएन भनेर सोध्छन्,’ उनले भने, ‘थन्केको पुरानो रेल हेर्ने चाहना धेरै पर्यटकको छ।’

लिक र स्टेसन तयार भएपनि रेल चल्न नसक्दा जनकपुर आउन इच्छा गरेका पर्यटक उतै रोकिएका छन् । सडक विस्तार तथा पुनःनिर्माणले जनकपुर फेरिएको छ । चिल्लो सडक, त्यस्तै घरले सहरको चमक बढेको छ।

विगतमा रेलकै कारण चिनीयाँ र भारतीय पर्यटक बढेको अनुभव जनकपुरवासीको छ। अब पनि रेल सञ्चालन भए पर्यटक बढ्ने उनीहरुको आशा छ । यो समाचार कान्तिपुर दैनिकमा सान्तोष सिंहले लेखेका छन्।





Comments

comments

31643