अमेरिकासँग एम–१६ किन्ने प्रक्रिया रद्ध, कोरीयाली हतियार किन्ने प्रस्ताव

फाइल फोटो

अमेरिकाबाट ५ हजार थान एम–१६ राइफल खरिद गर्ने लामो समयदेखिको प्रक्रिया अन्तिम समयमा रद्द भएको छ।

बदलामा उही क्षमताको कोरियाली हतियार गरिद गर्ने नेपाली सेनाको प्रस्तावलाई रक्षा मन्त्रालयले हालै स्वीकृति दिएको छ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार भुक्तानी प्रक्रियामा दुई देशबीच फरक–फरक कानुनी व्यवस्था भएका कारण अड्चन आएकाले अमेरिकासँग हतियार किन्ने सम्झौता राखेज गर्नुपरेको हो।

‘हाम्रो कानुनले पैसा किस्ताबन्दीमा तिर भन्छ, तर अमेरिकी कानुनमा पैसा पहिल्यै र एकैपटक तिर्नुपर्नेछ,’ उनले भने, ‘त्यसैले गर्दा एम–१६ किन्न सकिएन।’

यो समाचार कान्तिपुर दैनिकमा घनश्याम खड्काले लेखेका छन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

31665