प्रधानमन्त्री मातहतमा प्रतिजासुसी संयन्त्र बन्दै

फाइल फोटो

सरकारले प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशन एवम् नियन्त्रणमा रहने गरी ‘बाह्य गुप्तचर संयन्त्र’ निर्माण गर्ने भएको छ।

राष्ट्रविरुद्ध हुने सुराकी नियन्त्रण, निगरानी र निस्तेज पार्ने रणनीतिसहित बाह्य गुप्तचर निकायका रुपमा सरकारले प्रतिजासुसी संयन्त्र गठन गर्न लागेको हो । यसको नाम भने तय गरिसकिएको छैन।

२०४६ अघिसम्म राष्ट्रिय अनुसन्धान विभाग (राअवि) भित्रै बाह्य मामिला हेर्ने गरी राष्ट्रिय जनसम्पर्क प्रधान कार्यालय ‘ख’लाई प्रतिजासुसीका रुपमा खडा गरिएको थियो।

२०४६ सालको राजनीतिक परिवर्तनपछि कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारले विसं २०४७ वैशाख ६ गते उक्त एकाइ खारेज गरेको थियो।

२९ वर्षपछि फेरि त्यस्तै प्रकृतिको प्रतिजासुसी निकाय बनाउन लागिएको हो। यो समाचार कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन्।





Comments

comments

31668