अफगानिस्तानको काबुलमा सोमबार राति भएको विस्फोटमा परेर ज्यान गुमाएका चन्द्रबहादुर पुनमगरका आफन्त दिल पुन रोजगारीका क्रममा दुबईमा छन्।
बाहिरी जानकारी र सम्पर्क सूत्रमा पहुँच राख्ने उनले दुई दिन यता ज्वाइँ चन्द्रबहादुरको शव फिर्ता ल्याउन र क्षतिपूर्तिसहितका प्रक्रियाबारे जानकारी लिन इस्लामाबाद तथा दिल्लीस्थित नेपाली दूतावासलाई दोहो¥याएर इमेल गरेका छन्, फोन गरिरहेका छन्। तर, दुवै दूतावासले कुनै जवाफ फर्काएका छैनन्।
उनले चन्द्रबहादुरसँगै अर्का मृतक चितवनका कृष्ण थापाबारे पनि सरोकार राखेर दूतावासहरुको ध्यानाकर्षण गराएका छन् । तर कुनै पनि जवाफ आएको छैन।
सोमबार विस्फोटका टार्गेटमा परेको ग्रिन भिलेजका सुरक्षा प्रवन्धक टेकजंग मल्लका ग्रीन भिलेजमा रहेका नेपाली सबै सुरक्षित रहेको बताएका छन्।
सुरक्षा प्रबन्धकको काम गरेर फर्केका प्रकाश केसीका अनुसार कबुलमा रहेका बेलायत, अमेरिकी, जर्मनी र राष्ट्रसंघीय कार्यालयमा अधिकांश सुरक्षाकर्मी नेपाली छन्।
उनका अनुसार बेलायती नियोगमा ३५०, अमेरिकीमा ११ सय, जर्मनमा ७० र राष्ट्रसंघीय कार्यालयमा झन्डै १ हजार नेपाली सुरक्षाकर्मी छन्। यो समाचार कान्तिपुर दैनिकमा छ।
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)