हङकङ आन्दोलनः सीसीटिभि फूटेज हेर्न पाउने माग गर्दै प्रिन्स एडवार्ड रेल स्टेशनभित्र नाराबाजी र धर्ना

धर्नामा ३ किशोरी

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ६ सेप्टेम्बर। अगष्ट ३१ (831) तारिख राति प्रिन्स एडवार्ड रेल स्टेशनभित्र प्रदर्शनकारी पक्राउ गर्ने क्रममा प्रहरीको कुटपिटबाट ३ जना किशोरको मृत्यु भएको र जलाइएको हुनसक्ने अफवाह फैलाएपछि सीसीटिभि फुटेज हेर्न पाउनु पर्ने माग राख्दै प्रदर्शन भएको छ।

प्रिन्स एडवार्ड रेल स्टेशनभित्र शुक्रवार तीन किशोरीहरु घुंडा टेकेर याउ मा तेई, मोङ कोक र प्रिन्स एडवार्ड एमटीआर रेल स्टेशनभित्रको सीसीटिभि फुटेज हेर्न पाउनु पर्ने माग राख्दै धर्नामा बसेका छन्।

धर्ना

प्रिन्स एडवार्ड रेल स्टेशनभित्र 831 राति प्रदर्शनकारी पसेर तोडफोड गरेपछि प्रहरी पसेर अन्धाधुन्ध कुटपिट गर्दै प्रदर्शनकारीलाई प्रकाउ गरिएको थियो। प्रहरीको कुटपिटबाट ३ किशोरको मृत्यु भएको हल्ला फैलिएपछि सीसीटिभि फूटेज हेर्न पाउनु पर्ने माग उठेको हो।

तर, अस्पताल अधिकारीले प्रदर्शनकारीको मृत्युको अफवाहलाई अस्वीकार गरेको छ। द स्टान्डर्डमा प्रकाशित समाचारमा घटनाको भोलि पल्ट आइतवार विहान दिएको जानकारी अनुसार ४६ जना अस्पतालमा उपचारको लागि भर्ना गरिएकोमा ५ जना गम्भीर अवस्थामा, १४ जना स्थिर अवस्थामा रहेका बाहेक अन्य सामान्य उपचारपछि डिस्चार्ज भएको जनाइएको छ।

थप न्युज अपडेटमा…





Comments

comments

31759