मिलेसम्म रिलेसन, नभए साइबर अपराध

मिलेसम्म रिलेसन, नभए साइबर अपराध

महानगरीय अपराध महाशाखामा गत साता उजुरी लिएर एक किशोरी पुगिन्। लिभिङ टुगेदर बसेका युवाले पुराना भिडियोलाई लिएर ‘ब्ल्याकमेलिङ’ गरिरहेको उनले सुनाइन्।

उनी ११ कक्षामा अध्ययनरत छिन्। फेसबुकमा भेटिएका युवासँग उनको प्रेम बस्यो। तिनै युवाले अश्लील भिडियो सार्वजनिक गर्ने धम्की दिए। किशोरीको उजुरीपछि प्रहरीले ती युवालाई पक्राउ गरेर ल्यायो।

‘हामीले सहमतिमै भिडियो खिचेका हौँ,’ उनले बयानमा भने, ‘उनले मसँग रिलेसन राख्न नचाहेपछि त्यसलाई बाहिर ल्याउने धम्की दिएको हुँ।’

ख्यालख्यालमै भिडियो खिचे। घटनाले ठूलो रुप लिएपछि किशोरी डिप्रेसनमा गएकी छिन्। यो समाचार अन्नपूर्ण पोष्ट दैनिकमा सुवास गोतामेले लेखेका छन्।





Comments

comments

31770