आत्महत्याको दर बढेको बढ्यै, दिनहुँ १५–१६ आत्महत्या

नमूना फोटो

प्रहरी प्रधान कार्यालयकाअनुसार आव २०७३/७४ यताका तीन वर्षमा प्रत्येक वर्ष आत्महत्याको दर बढेको बढ्यै छ।

२०७३ मा ५ हजार १३१ जनाले आत्महत्या गरेका थिए । आव २०७४/७५ मा ५ हजार ३४६ जनाले आत्महत्या गरे । त्यो संख्या आव २०७५/७६ मा त्यो संख्इा ५ हजार ७५८ पुग्यो।

प्रहरीका अनुसार दैनिक १५ देखि १६ जनाले आत्महत्या गर्ने गरेका छन्। आपराधिक क्रियाकलापका कारण हुने कुल मृत्युमध्ये ४६ प्रतिशत घटना आत्महत्याबाट हुने गरेको प्रहरीको भनाइ छ।

यसमध्ये १८ वर्ष मुनिका ८ प्रतिशत, १९देखि ४० वर्षका ५६ प्रतिशत, ४१ देखि ६० वर्षका २९ प्रतिशत र ६० वर्षमाथिका ७ प्रतिशत रहेका छन्। यो समाचार कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन्।





Comments

comments

31809