नागरिकता कसुरको सजाय कठोर, सांसदबीच चर्काचर्की

फाइल फोटो

सन्तानको नागरिकता प्राप्तिका लागि महिलाले बाबु भन्दै गरेको स्वघोषणा गलत ठहर भए ती महिलासँगै पहिचान खुल्न आएको बाबुसमेत सजायको भागीदार हुने कानुन बन्न लागेको छ।

नागरिकता विधेयकमा बाबुको पहिचान हुन नसकेको व्यक्तिका हकमा निजको आमाले सोही व्यहोराको स्वघोषणा गरेको आधारमा वंशजको नागरिकता पाउने व्यवस्था गरिएको छ।

आमाले गरेको स्वघोषणा झुटा ठहरे ६ महिनादेखि डेढ वर्षसम्म कैद र २५ हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने सजायको व्यवस्था विधेयकमा गरिएको छ।

यही विषयलाई लिएर राज्य व्यवस्था समितिमा महिला र पुरुष सांसदबीच चर्काचर्की भएको छ । यो समाचार कान्तिपुर दैनिकमा राजेश मिश्रले लेखेका छन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

31816